|

सिन्धुली : कमलामाई नगरपालिकाले धान दिवसका अवसरमा किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ। नगरपालिकाले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो। 

कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत कमलामाईले १४ वटै वडाका कृषक समूह सहकारीमा आवद्ध कृषकहरुबाट आवेदन माग गरेर छनोट गरी १० जनालाई सात हर्स पावर क्षमताको डिजेलबाट चल्ने मिनी टिलर वितरण गरिएको नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक देव प्रसाद सापकोटाले जानकारी दिए। टेन्डर प्रक्रियामा खरिद गरिएको ट्रयाक्टरको कुल मूल्य ५८ हजार ५०० परेकोमा नगरको ५० प्रतिशत अनुदान २९ हजार २५० र किसानको २९ हजार २५० रुपैयाँ लागत लागेको उनले बताए।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले उक्त ट्रयाक्टर किसालनाई हस्तान्तरण गरे। परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्न ट्रयाक्टर वितरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख खत्रीले बताए। नगरपालिकाले कृषि क्षेत्रलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आगामी वर्ष कृषि क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको नगरप्रमुख खत्रीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.