स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा गेटाफेले रियल सोसिडाडलाई पराजित गरेको छ।
लिगको पाँचौ स्थानमा रहेको गेटाफेले सातौँ स्थानको सोसिडाडलाई २–१ गोलले पराजित गरेको हो। गेटाफेका लागि खेलको २० औँ मिनेटमा जाइम माटाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५५ औँ मिनेटमा सोसिडाडका लागि अड्नान जानुजाजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ८३ औँ मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए। त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन। योसँगै गेटाफेले लिगमा ३२ खेलबाट ५२ अंक जोडेको छ भने सोसिडाडले समान खेलबाट ४७ अंक जोडेको छ।
लिगमा रियल मड्रिड ७१ अंक सहित शीर्ष स्थानमा छ भने बार्सिलोना ६९ अंकसहित दोस्रो स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।