|
हङकङको आन्दोलनमा फहराइएको अमेरिकी झण्डा ।

हङकङमा भइरहेको प्रदर्शनमा अमेरिकी संलग्नता देखिएपछि चीनले त्यसको काउन्टरमा नयाँ कानुन पारित गरेको छ। 

बीबीसीका अनुसार यो कानुन लागु भएपछि हङकङको सुरक्षा-व्यवस्थामै परिवर्तन हुनेछ चीनको प्रभाव थप बढ्नेछ। चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटीले आज (मंगलबार) सो कानुन एकमतले पारित गरिसकेको छ।

यो कानुन बुधबारअघि नै लागु हुने र हङकङको संविधानमा पनि मंगलबार बेलुकीसम्म यसमा भएका व्यवस्था राखिनेछन्‌। 

चीनविरोधी गतिविधिहरूलाई अपराध ठहर गर्ने प्रावधानहरू सो कानुनमा राखिएको र यो कार्यान्वयन भएपछि हङकङको स्वतन्त्रता थप संकुचित हुने दावी गरिएको छ। 

हङकङसम्बन्धी विवादित विधेयकमा ट्रम्पको हस्ताक्षर

हङकङमा सन् २०१९ देखि भइरहेको चीनविरोधी प्रदर्शनमा अमेरिकाले सघाइरहेको छ। त्यहाँ आन्दोलन हुँदै गर्दा गत मंसिरमा अमेरिकाले हङकङको स्वामित्व चीनसँग रहने वा नरहने भन्नेबारे समीक्षा गर्न 'द हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट' नै ल्याएको थियो।

हङकङ मामिलालाई अमेरिका निरन्तर हावी हुन खोजेपछि चीनले सो कानुन ल्याएको भनिएको छ। उल्लेखित कानुनअनुसार हङकङमा पृथकतावाद, आतङ्कवाद र विदेशीसँगको मिलेमतोजस्ता गतिविधि नियन्त्रण गर्न सकिने चीनले जनाएको छ। 

हङकङ आन्दोलनमा ‘फेसबुकको बदमासी’

ङकङलाई ९९ वर्षसम्म उपनिवेश बनाएपछि बेलायतले १९९७ मा चीनलाई हस्तारण गरेको थियो। त्यसयता चीनले हङकङलाई विशेष प्रशासनिक क्षेत्रको दर्जा दिएको छ। 

गत वर्ष सुपुर्दगीसम्बन्धी एउटा कानुन ल्याएपछि हङकङमा चीनविरोधी प्रदर्शन सुरू भएको थियो। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.