|

काठमाडौं : विकसित मुलुकको तुलनामा नेपालमा कोरोना संक्रमितको मृत्युदर निकै कम रहेको छ।

अमेरिका, बेलायत, जापान र चीनभन्दा नेपालमा मृत्युदर कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्‌।

उनका अनुसार प्रत्येक १० लाख जनसंख्यामा ज्यान गुमाउने संक्रमितको संख्या नेपालमा विकसित मुलुकको भन्दा निकै कम छ।

उनले भने, 'दक्षिण एशियाली मुलुकमा बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तान भन्दा कम छ।' जनसंख्याको अनुपातमा दक्षिण एशियाली मुलुकमध्ये नेपालले सबैभन्दा बढी पिसिआर परीक्षण उनले जानकारी दिए।

नेपालले अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत भन्दा धेरै पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.