|

काठमाडौं : सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।  मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे  छापावाल सुन आज  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.