चीनले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअनुसार हङकङमा मानिस पक्राउ गर्न थालिएको छ।
विरोध प्रदर्शन बढ्दै गएपछि चीनले हिजो (मंगलबार) यो कानून ल्याएको थियो। हङकङको संविधानमा पनि हिजो नै यो कानूनका व्यवस्था राखिएको थियो। आज बिहानदेखि यो त्यहाँ नयाँ कानून लागु भएको भनिएको छ।
हङकङको स्वतन्त्रता माग गर्दै भएको प्रदर्शनमा सहभागी एकजनालाई आज यो कानूनअनुसार गिरफ्तार गरिएको बीबीसीले जनाएको छ। नयाँ कानुनमा टेकेर गरिएको यो पहिलो गिरफ्तारी हो। बेलायती शासन समाप्त भएको २३औं वर्षगाँठ मनाउन केही प्रदर्शनकारी सडकमा उत्रिएका बेला ती व्यक्तिलाई पक्राउ गरिएको हो।
चीनले हङकङमा लागु गरेको नयाँ कानूनअनुसार त्यहाँ पृथकतावाद, तोडफोड र आतंकवादी गतिविधिमा सामेल हुनेलाई सजाय गरिनेछ। यस्ता आरोप लागेका व्यक्तिहरुलाई जन्मकैदसम्मको सजाय दिने प्रावधान राखिएको छ।
चीनविरोधी गतिविधिहरूलाई अपराध ठहर गर्ने प्रावधानहरू सो कानुनमा राखिएको र यो कार्यान्वयन भएपछि हङकङको स्वतन्त्रता थप संकुचित हुने दावी गरिएको छ।
हङकङमा सन् २०१९ देखि भइरहेको चीनविरोधी प्रदर्शनमा अमेरिकाले सघाइरहेको छ। त्यहाँ आन्दोलन हुँदै गर्दा गत मंसिरमा अमेरिकाले हङकङको स्वामित्व चीनसँग रहने वा नरहने भन्नेबारे समीक्षा गर्न 'द हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट' नै ल्याएको थियो।
हङकङ मामिलालाई अमेरिका निरन्तर हावी हुन खोजेपछि चीनले सो कानुन ल्याएको भनिएको छ। उल्लेखित कानुनअनुसार हङकङमा पृथकतावाद, आतङ्कवाद र विदेशीसँगको मिलेमतोजस्ता गतिविधि नियन्त्रण गर्न सकिने चीनले जनाएको छ।
हङकङ आन्दोलनमा ‘फेसबुकको बदमासी’ हङकङलाई ९९ वर्षसम्म उपनिवेश बनाएपछि बेलायतले १९९७ मा चीनलाई हस्तारण गरेको थियो। त्यसयता चीनले हङकङलाई विशेष प्रशासनिक क्षेत्रको दर्जा दिएको छ। गत वर्ष
सुपुर्दगीसम्बन्धी एउटा कानुन ल्याएपछि हङकङमा चीनविरोधी प्रदर्शन सुरू भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।