|

चीनसँग सैनिक झडप र नेपालसँगको सीमा विवादमा फसेको भारतले उसको सबैभन्दा भरपर्दो छिमेकी मुलुक भुटानसँग पनि कटुता बढाएको छ। यो कटुता सीमावर्ती क्षेत्रमै देखिएको हो। 

भुटानसँग सीमा जोडिएको असमको बाक्सा जिल्लाका कैयौं मानिसहरुले भुटान विरुद्ध नाराबाजीसहित प्रदर्शन नै गरेका छन्। अरु छिमेकीसँगको विवादमा नयाँदिल्ली स्वयम् अगाडी देखिने गरेपनि भुटानसँगको विवादमा भने सीमावर्ती क्षेत्रका मानिसहरुलाई अघि सारिएको छ। 

भुटानले भारतको सिँचाई कुलोतर्फ आउने कालानदीको पानी रोकिदिएको आरोप भारतीयहरुले लगाएका छन्। यस्तो आरोप लागेपछि भुटानको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ।

सिंचाई कुलोमा भुटानले पानी रोकेका नभई कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण असमका किसानहरू भुटानतर्फ  नहर मर्मत गर्न जान नसकेकाले समस्या भएको भुटानले जनाएको छ। 

भुटानले आपत्ति जनाएपछि भारतीय पक्षको बोली पनि फेरिएको छ। असम सरकारका मुख्यसचिव सञ्जय कृष्णाले सिंचाई कुलोमा प्राकृतिक अवरोध आएको र भारतीय क्षेत्रमा पानी आउन नसकेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.