|

तनहुँ : बहिनी जिस्क्याएको भन्दै दाजुले खुकुरी प्रहार गर्दा आबुखैरेनी–१ सत्र सयमा दुई जना घाइते भएका छन्। मंगलबार करिब १० बजे राति भएको घटनामा स्थानीय सुमन श्रेष्ठले सोही ठाउँका दुई युवामाथि खुकुरी प्रहार गरेका थिए। 

सोही ठाउँका १९ वर्षीय सुदीप मगर र १५ वर्षीय दिप्सन मगरमाथि खुकुरी प्रहार भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। थापाका अनुसार घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 

घाइते दुईमध्ये दिप्सन उपचारपछि चितवन मेडिकल कलेजबाट निको भएर फर्किसकेका छन् भने सुदीपको उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.