मन्त्रीले बजेट विनियोजनमा मनपरी गरेको आरोप

|

हेटौंडा : बागमती प्रदेशले ल्याएको बजेट र सरकार सञ्चालनको विषयलाई लिएर सदनदेखि संसदीय दलसम्म विरोध भएको छ। 

संसदमा सरकारको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षीहरुले चर्को आलोचना गरेका छन्। नेकपाका  बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरुले सरकारको चर्को विरोध गरेका छन्।
 
संसदीय दलमा मन्त्रीहरुलाई प्रश्‍नै पश्‍न

४ दिनदेखि प्रदेशको राजधानी हेटौंडामा बसिरहेको  नेकपा बागमती प्रदेश संसदीय दलको बैठकमा सत्तारुढ सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेका छन्। बजेट विनियोजन मन्त्रीहरुको खल्तीबाट भएको भन्दै सत्तारुढ दलका सांसदहरु आक्रोशित भएका हुन्। 

सरकारले नेकपा प्रदेश कमिटीसँग छलफल नगरेको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई प्रश्न सोधिएको एक सांसदले बताएका छन्। 

बुधबार भएको बैठकमा तीनजना मन्त्रीहरुले जवाफ दिएका छन्। प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले जवाफ दिएका छन्। दलाललाई मन्त्रालयबाट जाने बजेट सबै आफ्नो कार्यकर्ताहरु लाई मात्रै दिएको आरोप सांसदहरुले लगाएका थिए।

जवाफमा मन्त्री दुलालले केही कमजोरी भएको भन्दै गल्ती स्वीकारेको सहभागी एक सांसदले जानकारी दिएका छन्। यस्तै बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले पनि जवाफ दिएका छन्। 

भोलि बिहान बाँकी मन्त्रीहरुले जवाफ दिने  कार्यतालिका छ।  यस्तै आर्थिक मामिला मन्त्री आफूलाई मन पर्ने सांसदहरुलाई मात्रै बजेट थुपारेको आरोप लगाएका छन्। 

आर्थिक मामिला मन्त्रीले संसदहरूसँग मागेको कुनै पनि योजना नपारेको भन्दै बजेट संशोधन गरेर मात्रै अगाडी बढाउनु पर्ने माग गरेका छन्। बजेटको बहानामा सरकारका कामको समेत चर्को आलोचना सहित टिप्पणी भएको उनले बताए।

संसदमा चर्को आलोचना   

संसदीय दलमा सत्तापक्षबाट आरोप खेपिरहेको सरकारले संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित विपक्ष दलहरुले चर्को विरोध गरेका हुन्। 

विनियोजन विधेयक माथि तीन देखि लगातार चलिरहेको छलफल सरकारले ल्याएको बजेटको चर्को विरोध हुँदै आएको छ। बुधबार नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सरकारको चर्को आलोचना गर्दै बजेट हावादारी ​भएको बताइन्। 

यस्तै नेपाली कांग्रेसका सांसद डा. राजाराम कार्कीले बजेटमा समाजवादको गन्ध पनि नदेखिएको भन्दै व्यङ्ग्य गरेका थिए। नेपाली कांग्रेसकै सांसद नरोत्तम वैध सांसदका लागि अर्बौंको बजेट दिने तर कोरोनाको लागि १९ करोड मात्रै? भन्दै प्रश्न गरेका थिए।  

नेपाली कांग्रेसकी सांसद  गीता वाग्लेले बजेट दबाब र प्रभावमा आएको देखिएको  बताएकी थिइन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णलाल भँडेल किसानको पक्षमा विल्कुलै बजेट नआएको बताए।  

कांग्रेस सांसद विजुला वर्मा राणाले प्रदेश सरकारले कोभिड १९ मा गरेको ५० करोड खर्चको हिसाब माग गर्दै केन्द्र सरकारको फेर समात्न  छोड्नु  पर्ने तर्क गरेकी थिइन्। बुधबारको संसदको बैठकमै भने सत्तापक्षका सांसदहरुले भने सरकारको बचाऊ गरेका थिए। बजेटको विषयमा बिहीबार पनि छलफल हुनेछ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.