याैन सम्पर्क गर्दा बनाएकाे भिडियाे समाजिक सञ्जालमा राखिदिने धम्की दिँदै बलात्कार
याैन सम्पर्क गर्दा बनाएकाे भिडियाे समाजिक सञ्जालमा राखिदिने धम्की दिँदै बलात्कार
गाेरखा : बिहेको प्रलोभन देखाएर यौन सम्पर्क गरेको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै बलात्कार गर्ने एक जना पक्राउ परेका छन्। सोही आरोपमा २९ वर्षीय तुलबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
उनले पटकपटक बलात्कार गरेका प्रहरीले बताएको छ। मंगलबार तनहुँको आबँखैरेनी गाउँपालिका–२ खोला गाउँबाट उनी समातिएका हुन्। गुरुङले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै गत असार १५ गते गोरखाकी २१ वर्षीया एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन्।
युवतीले प्रहरीमा दिएको उजुरीमा बिहेको प्रलोभन देखाउँदै आफूमाथि पटकपटक यौन सम्पर्क गरेको उल्लेख छ। साथै उनले उक्त अश्लील भिडियो बनाई सामाजिक संजालमा राखिदिने भन्दै धम्की दिई गोरखा, तनहुँ र चितवन जिल्लाका विभिन्न होटल तथा लजहरुमा बोलाई जबरजस्ती करणी गरेका बताएकी छन्।
पीडक युवाले अन्तिम पटक गत असार १२ गते गोरखा नगरपालिका–१३ मझुवादेउरालीस्थित शिव मन्दिर नजिक रहेको सार्वजनिक शौचालय लगी जबरजस्ती करणी गरेका ती युवतीले बताएकी छन्। पक्राउ परेका युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।