|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुको एक समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरीत सरकार ढाल्ने खेल भएको भन्दै उनीहरुले बिहीबार मध्यान्ह प्रदर्शन गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन्। 

उनीहरुले ओलीको अहमता धेरै भएको भन्दै अब दुवै पदबाट हटाउने जिकिर गर्दै आएका छन्। नेकपामा भाँडभैलो भइरहेका बेला ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’सहितका नारा लगाएका थिए।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.