|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न महाराजगञ्‍जस्थित शीतल निवास पुगेका छन्।

बालुवारमा बस्‍ने भनिएको स्थायी कमिटीको बैठक अघि बढ्न नसकेपछि अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन स्थगित गर्ने निर्णय लिइसकेको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेलगत्तै अध्यक्ष दाहाल शीतल निवास पुगेका हुन्

यसअघि बालुवाटारमै नेताहरुबीच आन्तरिक छलफल भएको थियो। प्रधानमन्त्री ओली र दाहालबीच पनि वान टु वान वार्ता भएको थियो। स्थायी कमिटी बैठक रोकिएपछि बालुवाटारमै नेताहरुबीच संवाद भएको थियो।

त्यहाँ अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेलसँग संवाद गरेका थिए।

अर्कातिर प्रधानमन्त्री ओलीले पनि प्रचण्ड र वरिष्ठ नेता नेपालसँग पनि संवाद गरेका थिए। खुमलटारमा ओलीनिकट स्थायी कमिटी सदस्यसँग छलफल गरेका दाहालले बालुवाटारमा पनि संवाद गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.