संसदलाई छलेर अध्यादेश नल्याउन आग्रह

|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपाको आन्तरिक किचलोले संसदमा प्रभाव पारेको आरोप लगाएका छन्। आज राष्ट्रपति बाट सरकारको सिफारिसमा चालू संसद अधिवेशन अन्त्य भएसँगै थापाले नेकपाको किचलोको अचानोमा संसद भएको बताएका हुन। 

‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य विनाशकाले विपरीत बुद्धि,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘संसदमा थुप्रै विधेयकहरु कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन्। पार्टीभित्रको किचलोको अचानोमा संसद।’

 उनले संसदलाई छलेर अब कुनै पनि अध्यादेश नल्याउन पनि सरकारलाई आग्रह गरेका छन्। ‘संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुष्प्रयास नहोस्,’ थापाले लेखेका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.