जनकपुरधाम : सप्तरीमा दुई अलग–अलग घटनामा आज एक बृद्ध र एक बालिकाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।
वर्षासँगै परेको चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका ८ का ७० वर्षीय धर्मी साहको मृत्यु भएको छ। आफ्नै खेतमा हलो जोतेर आलीमा बसिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मृतक साहको खेत नजिकैको खेतमा काम गरिरहेकी सोही ठाउँका तेज नारायण साहकी १६ वर्षीया छोरी कञ्चना चट्याङले गम्भीर घाइते भएकी छन्। उनको उपचार गाउँकै अस्पतालमा भइरहेको छ।
यस्तै बाटो बनाउने क्रममा सप्तरीकै खडक नगरपालिका १ स्थित सिस्वा गाउँमा घरको इटाको पर्खाल खस्दा किचिएर स्थानीय राजकुमार मण्डलका छोरा १० वर्षीय शिव कुमारको मृत्यु भएको छ। प्रहरीका अनुसार वडा कार्यालयद्वारा भित्री गाउँको बाटो बनाउने क्रममा नगरपालिकाको स२क ९६८ नम्बरको रोलरले बाटो सम्याउँदा कम्पनले पर्खाल खसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।