|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिबारसम्मलाई स्थगित भएको छ। नेताहरु चर्को विवाद र गुट भेलामा केन्द्रित भएपछि स्थायी कमिटी बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

सरकारले बिहीबार नै संसदको बजेट अधिवेशन स्थगित गरिसकेको छ। यहीबीचमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु गुटगत भेलामा जुटेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि स्थायी कमिटीका सदस्यहरुसँग वान टु वान छलफलमा जुटेका छन्।

बिहीबार बालुवाटारमा केही बेर स्थायी कमिटी बसेको थियो। तर प्रधानमन्त्रीसमेत रहेका ओली अनुपस्थित भएपछि यो बैठक अघि बढेन। त्यसपछि अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.