|

कञ्चनपुर : भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दै आएका कञ्चनपुरका ३१ जनामा बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परीक्षणमा कृष्णपुर नगरपालिकाका २२, शुक्लाफाँटा नगरपालिकाका ८ र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये छ महिला र २५ पुरुष छन्। 

क्वारेन्टाइनमा बसेको १४ दिनपश्चात् आरडिटी परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई आइसोलेसनमा राखेर पिसिआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो। 

यसअघि कृष्णपुर नगरपालिकामा मात्रै एक सय ३८ जनामा संक्रमण देखिएको थियो। जसमध्ये नगरपालिकाका विभिन्न वडाका आइसोलेसनमा १४ दिन बसेर एक सय जना घर फिर्ता भैसकेका छन्। बिहीबार थपिएका ३१ जनासँगै कञ्चनपुरमा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ। जसमध्ये १ सय ५० जना उपचारपछि निको भएका छन्। 

हालसम्म कञ्चनपुरमा समुदायमा कारोनाको संक्रमण भने भएको पाइएको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.