|

काठमाडौं : भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालको उनको विहान १ बजेर ५२ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्इले जनाएका छन्। 

श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो। दुई सय भन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसकेकी खानखानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु गरेकी थिइन्। 

उनले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कंलक (२०१९) हो। तीन वर्षको उमेरदेखि नै विभिन्न चलचित्रमा नृत्य गरि आत्मनिर्भर भएकी  खानले दुई हजार गीतहरुमा कोरियोग्राफी गरिसकेकी थिइन्। उनको हवा हवाई, एक दो तीन, ढकढक करने लगा, डोला रे डोरा, चने के खेतमे जस्ता गीतको नृत्य चर्चित रहेको छ। 

उनका श्रीमान, एक छोरा र दुई छोरी छन्। शुक्रवार नै खानको अन्तिम संस्कार गर्ने पनि जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.