सरकार पुनर्गठनको कुरा मुख्य होइन

|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी फुटको दिशामा अघि बढेको बताएका छन्। थाहाखबरसँग कुरा गर्दै उनले पार्टी फुटको नजिक पुगेको बताएका हुन्। ‘पार्टी फुटको नजिक पुगेको छ, अहिले पार्टीलाई जोगाउने विभिन्‍न विकल्पमा कुरा भइरहेको छ', उनले भने, फुटेर फाइदा कसैलाई छैन, खाली विरोधीहरुलाई हसाँउने कुरा मात्रै हो।’ 

नेता गजुरेलले अहिले मेन लिडर (अध्यक्षद्वय) को भूमिकामा नै कुरा नमिलेकाले विवाद भएको बताए। अध्यक्षहरूका कारण भएको विवाद समाधान पनि उहाँहरुले नै खोज्नुपर्ने उनको सुझाव छ। 'लिडरहरूले नै एउटा सहमति गरेर फेरि नयाँ शिराबाट अगाडि बढ्नुपर्छ', उनले भने, सोलुसन त उहाँहरुले नै खोज्ने हो नि, हामीले त वाताबरण बनाइदिने न हो।  

मेन लिडर (ओली–प्रचण्ड) दुवै आ–आफ्नो अडानबाट अलिकति भए पनि ब्याक हुनुपर्ने उनको सुझाव छ। 'कोरोनाको महामारी छ, राष्ट्रियताको सवाल उठेको छ, यस्तो बेलामा पार्टी फुट्नु हुँदैन, त्यसले जनतामा राम्रो सन्देश जाँदैन', उनले थपे, 'यतिबेला दुई अध्यक्ष मिलेर अघि बढ्नुको विकल्प छैन। पार्टी एकजुट भएर जाँदा त अहिलेको चुनौती सामना गर्न गाह्रो भइरहेका बेलामा फुटेर जानु त झनै आत्मघाती हुन्छ।'

उनले कसैलाई पदबाट हटाउने र सरकार पुनर्गठनको मुद्दालाई सहायक कुराको संज्ञा दिए। 'सबैको चिन्ता यतिबेला पार्टी फुटबाट जोगाउनुपर्छ भन्‍ने छ', उनले भने, 'जनताको चाहाना पनि त त्यही हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.