|

फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्। उनको राजीनामा पत्र राष्ट्रपति इमानुएल म्याक्रोनले अनुमोदन गरिसकेका छन्। राजीनामा के कारणले दिएको उक्त कुरा विज्ञप्तिमा नखुलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म सरकारको काम राष्ट्रपति कार्यालयले सम्हाल्ने बताएका छन्। राष्ट्रपति कार्यालयको अनुसार केही घण्टामा नयाँ प्रधानमन्त्रीको नियुक्त गरिनेछ। नयाँ प्रधानमन्त्री नियुक्त गर्नु अगाडि राजीनामाको लागि प्रस्ताव आह्‍वान हुन्छ। त्यसपश्चात प्रधानमन्त्रीको नाम अनुमोदन गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.