|

काठमाडौं : सरकारले क्यान्सर, मधुमेह, आइसियुमा र इमर्जेन्सीमा आउने बिरामी र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा परीक्षणको दायरा फराकिलो बनाइएको भन्दै यस्ता रोगीहरुको कोरोना परीक्षण गरिने जानकारी गराए।

पछिल्लो समय स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा परीक्षण केन्द्रित गर्ने तयारी गरेको हो। प्रवक्ता गौतमले अब निजी अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचार गर्ने जनाए। क्लिनिकल समन्वय समितिको छलफलले सामुदायिक र निजी अस्पतालमा पनि बिरामीको उपचार गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड-१९) संक्रमितका कारणा काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी थिए।। छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उनले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.