युवतीको उद्धार, युवकको खोजी हुँदै

|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रवार हामफालेर दुई युवा युवतीले  आत्महत्या प्रयास गरेका छन्। नगरपालिकाको वडा नं २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र १९ वर्षीय रेणु चौधरीले सिँचाइको नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका हुन्।

युवकसँगै नहरमा हाम फालेर बग्दै गरेकी युवतीलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन् । युवक भने नहरमा बगेर बेपत्ता भएका छन्। नहरमा बग्दै गरेकी युवतीलाई बेहोस अबस्थामा उद्धार गरिए पनि उनी अहिले होसमा आएकी छिन्। युवतीको महाकाली अस्पतालमा उपचार भइरहेको छ। 

नहरमा बगेर बेपत्ता भएका युवकको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए। प्रहरी नायव उपरिक्षक थापाले सोधपुछका क्रममा युवतीले दुवैबीच प्रेम सम्बन्ध रहेको बताएकी छन्। युवक नेपाली सेनामा कार्यरत थिए। युवती ओभरसियर पढिरहेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.