|
सांकेतिक तस्बिर ।

काठमाडौं : बझाङको केदास्युँ गाउँपालिका-८, मल्लेसीमा गएराती चलेको पहिरोले बस्ती नै बगाएको छ। ७ जना बेपत्ता भएका छन्‌।

​पहिरोले १७ घर पुरेको र क्षतिको एकीन विवरण आइनसकेको गाउँपालिका स्रोतले जानकारी दिएको छ। उद्धारका लागि प्रहरीलाई मल्लेसीतर्फ पठाइएको बझाङ प्रहरीले बताएको छ। 

अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको र पहिरोले बाटो पनि बगाएको स्थानीयले जानकारी दिएका छन्। सिंगो बस्ती नै पहिरोको चपेटामा परेको र करिब तीन दर्जन घरहरू रहेको बस्तीमा पहिरो चलेको बताइएको छ।

पहिरो गएको स्थानमा पुग्न जयपृथ्वी राजमार्गबाट झण्डै पाँच घन्टा उकालो चढ्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.