|
फाइल फोटो

बैतडी : खोलाले बगाउँदा बैतडीमा आज एक महिलाको मृत्यु भएको छ।  पुर्चौडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ बर्षीया महिलाको मृत्यु भएको हो।

मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो। उनले भने, ‘मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ।,’

 आज मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ। 

यस्तै, रुपन्देहीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटिएको छ। कञ्चन खोलामा पौडी खेल्ने क्रममा शुक्रबार खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ। साथीहरूसँगै पौडी खेल्ने क्रममा डुबेर बेपत्ता कञ्चन गाउँपालिका-४ रूद्रपुर निवासी टेकबहादुर थापाका १८ वर्षीय छोरा अर्जुन थापाको शव फेला परेको जिल्ला सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेलले जानकारी दिए।

उनी लुम्बिनी ज्ञान निकेतन माविमा कक्षा ११ मा अध्ययनरत थिए। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएको एसपी पोखरेलले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.