काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवादले पार्टी फुटसम्मको अवस्थामा पुगेपछि प्रधानमन्त्रीले परामर्शलाई तीव्र बनाएका छन्। करिब एक घण्टासम्म राष्ट्रपतिसँग छलफलपछि उनी बालुवाटार फर्किएका छन्।
शीतल निवासबाट फिरेपछि प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श गर्ने कार्यक्रम छ। सबैजना मन्त्री, राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको छ। उनीहरु अहिले बालुवाटार पुगिसकेका छन्।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा ६ जना सचिवालय सदस्यहरुको बैठक बसेको छ। उक्त बैठकले कुनै पनि हालतमा ओलीलाई गलाउने तर पार्टी फुट्न नदिने निचोड निकालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।