|

हेटौंडा : मकवानपुरको दुई स्थानबाट प्रहरीले १९८ किलो गाँजा बरामद गरेको छ। शनिबार मनहरि गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको रातोमाटेबाट  गााँजा बरामद गरेको हो। 

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रोतोमाटेमा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको ट्यांकरबाट १२८ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्यांकर चालक बाराको जितपुर सिमरा–२३ का २७ वर्षीय एमामुल हक देवान र २४ वर्षीय मोहरवान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेकोे छ। 

यस्तै, शनिबार नै मनहरि–६ को लोथर खोलाको गोरेटो बाटोबाट प्लाष्टिकको बोरा बनाई गाँजा बोकिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मनहरिले ७० किलो गाँजासहित चितवनको राप्ती नगरपालिका–११ का ३५ वर्षीय शिव तामाङलाई  पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.