|

काठमाडौं : गण्डकी प्रदेशमा थप  तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका दुई जना र बागलुङका एक पुरुषमा संक्रमण भेटिएको हो। 

यसै गरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुरका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ। मकवानपुर चुरियाँमाईका ३३ वर्षका पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.