समाज : सुरक्षा/अपराध

कञ्चनपुरको पुनर्वासमा एक पुरुषको हत्या

असार २१, २०७७

    कञ्चनपुर : पुनर्वास नगरपालिका–५ का करिब गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।

    शनिबार राति ५० वर्षीय कुँवरको छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए। खड्का भने फरार छन्। फरार रहेका खड्काको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

    ‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अबस्थामा शव फेला परेको छ,’ प्रहरी नायव उपरिक्षक थापाले भने, ‘घटनाबारे अनुसन्धानको कार्य भैरहेको छ।’ कुकुरसहितको प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]