विश्व

बिहारमा चट्याङ लागेर ११४ जनाको मृत्यु, चार लाख क्षतिपूर्तिको घोषणा

असार २१, २०७७

    भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। 

    मुख्यमन्त्री नितिश कुमारले शनिबार मृतकका परिवारलाई चार  लाख दिने घोषणा गरे। गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो। मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो।

    बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]