|

काठमाडौं : शीर्ष नेताहरुको आ–आफ्नै अडानका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यहरुले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि चर्किएको विवाद पार्टी विभाजनको संघारमा पुगेको हो।

अध्यक्ष ओलीले कुनै पनि हालतमा आफू राजीनामा दिन तयार नभएको बताउँदै आएका छन् भने अन्य नेताहरु राजीनामाको अडानमा छन्।  शुक्रबार दुई अध्यक्षबीच लामो समयसम्म चलेको छलफल निस्कर्षमा पुग्न नसकेपछि हिजो दिनभर नेताहरु आआफ्नो पक्षका नेताहरुसँगको भेटघाटमा व्यस्त रहे। प्रधानमन्त्री ओलीले हिजो साँझ राष्ट्रपतिसँग भेट गरे।  त्यसपछि मन्त्रीपरिषद् बैठक बोलाएर पार्टी र सरकार संकटमा परेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरे।  

प्रधानमन्त्री ओलीको हिजोको दौडधुपपछि दुई अध्यक्षबीच आज बिहानका लागि तय भएको छलफल पनि अहिलेसम्म अनिश्चित छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच आज बिहान छलफल गर्ने कार्यक्रमको हिजो नै तय भए पनि कतिबेला छलफल हुने भन्नेबारे निश्चित छैन। 

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति भेट्नेदेखि मन्त्रिपरिषद् बैठक राखेर आफ्नो पक्ष र विपक्षमा रहेका मन्त्रीहरुको सोधिखोजी गर्नेलगायत कार्यले अर्का अध्यक्ष प्रचण्डलाई झनै सशंकित गराएको छ।  ओलीसँग छलफलमा जाने वा नजाने भन्नेबारे अझै निधो नभएको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.