|

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेञ्जमा भारतले आतंकवादी हमला गराएको आरोप लगाएका छन्। 

गत सोमबार एक्सचेञ्ज भवनमा भएको हमलामा चार बन्दुकधारीसहित दुईजना सुरक्षागार्ड र एकजना प्रहरी मारिएका थिए।

भारतले आफ्नो भूमिमा हुने गरेका चरमपन्थी हमलामा सीधै पाकिस्तानलाई दोष दिने गरेको छ। बीबीसी हिन्दीका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले पनि कराँची स्टक एक्सचेञ्ज हमलामा भारतलाई दोषी करार गरेका हुन्। 

पाकिस्तानी अखबार जंगसँगको कुराकानीमा प्रधानमन्त्री खानले पाकिस्तानलाई अस्थिर रहेको देखाउन सो हमला भारतले गराएको भनेका छन्। 

यो हमलाको जिम्मेवारी पाकिस्तानको बलोचिस्तानमा सक्रिय चरमपन्थी गुट बलोचिस्तानमा लिबेशन आर्मी (बीएलए) ले लिएको छ।

बलोच चरमपन्थीहरुको हिंसात्मक गतिविधिमा भारतको संलग्नता रहेको आरोप लाग्ने गरेको छ।

सीपेक (चीन–पाकिस्तान आर्थिक कोरिडर) खुलेपछि भारतले बलोच विद्रोहीका लागि लगानी बढाएको र चरमपन्थी हमलाका लागि उक्साउने गरेको पाकिस्तानी पक्षको आरोप छ।

सम्बन्धित समाचार : पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.