नेकपाको विवादबीच ओली-देउवा वार्ता

|
फाइल फोटो

काठमाडौं :आज दिउँसो २ बजेबाट नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ। कांग्रेसकी प्रतिनिधिसभा सांसद ज्ञान कुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर गत बुधबारको बैठक आजसम्मको लागि स्थगित भएको थियो।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनको विषयमा ठोस निर्णय हुने बताइएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ मा गर्ने गरी तल्लो तहको महाधिवेशन तालिका हेरफेर गर्न लागिएको हो।  

महाधिवेशन केन्द्रित विभिन्न निर्णयसँगै आजको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफल बारे देउवासँग जवाफ मागिने भएको छ। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाले आफैं जानकारी नगराए प्रधानमन्त्रीसँगको भेटबारे पार्टीलाई आधिकारिक जानकारी मागिने बताए। यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट विज्ञप्ती जारी गर्दै संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नगरेको बताइसकेका छन्।

तर, प्रधानमन्त्रीले कांग्रेसका सभापति देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँग सल्लाह गरेको बताएका थिए। संसद अधिवेशन अन्त्य गरिनुअघि (असार १७ मा) प्रधानमन्त्री ओलीसँग देउवाले बालुवाटारमा गएर देउवाले भेटेको खुलेपछि राजनीतिक तरंग बढेको छ। 

‘बैठकको सुरुमै सभापति ज्युले प्रधानमन्त्रीसँग भएको भेटबारे र संसद अधिवेशन अन्त्य गर्न सहमति दिएको हो या हैन भन्‍नेबारे भन्‍नु होला,’ नेता पौडेलले भने, ‘नत्र हामी बैठकमा उहाँसँग जवाफ मागिहाल्छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.