जनजीवन सहज हुनेबित्तिकै बढे कोरोना संक्रमित

|

एजेन्सी : विश्‍वभर कोरोना भाइरसको संकट थामिने लक्षण देखिएको छैन। कोरोना संक्रमणसँगै मृतकहरुको संख्या पनि निरन्तर बढिरहेको छ। कोरोनाबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय लकडाउन विश्‍वभर अपनाइएको छ।

नेपालमै पनि चैत ११ गतेदेखि जारी लकडाउन साउन ७ सम्म जारी छ। तर निजी सवारीसाधन र पसल खुलाइएकाले जनजीवन केही सहज छ। कोरोनाबाट जोगिन नेपाल जस्तै दक्षिण अफ्रिकाले गरेको लकडाउनको एक सय दिन पूरा भएको छ।

दक्षिण अफ्रिकामा  २७ मार्चदेखि लकडाउन जारी छ। त्यहाँ १ मेदेखि प्रतिबन्धहरु केही खुकुलो बनाइएको थियो। त्यसपछि कोरोना संक्रमित ह्वात्तै बढेका थिए। देशमा पछिल्लो २४ घण्टामा १० हजार ८ सय ५३ नयाँ संक्रमित थपिएका छन्। यसका साथै संक्रमितको संख्या १ लाख ८७ हजार भएको छ। जहाँ ३ हजार २६ जनाले ज्यान गुमाइसकेका छन्। 

अमेरिका : टेक्सासमा ८२ सय ५८ संक्रमित थपिए

स्वास्थ्य विभागका अनुसार शनिवार अमेरिकाका स्वतन्त्र दिवस मनाइरहँदा टेक्सासमा कोरोनाका ८२ सय ५८ नयाँ मामिला थपिएका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३३ जनाले ज्यान गुमाएका छन्। 

राज्यमा अहिलेसम्म १ लाख ९१ हजार प्रभावित भएका छन्। हालसम्म त्यहाँ २६ सय ८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ९७ हजार जना निको भएका छन्। अर्कातिर फ्लोरिडामा ११ हजार ४४५ नयाँ संक्रमित थपिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.