|

काठमाडौं :  चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्‍कासन गर्ने भएको छ। यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्‍कासनको सम्झौता भएको छ।

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्‍कासन एवं प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो।

उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.