|

काठमाडौं : झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

२०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता र राहदानी बनाइदिएको कसुर मुद्दामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।उनलाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.