|

एजेन्सी : महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ। 

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्। संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ। जसमध्ये १२ लाखभन्दा बढी मानिस अमेरिकामा निकाे भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.