|

काठमाडौं :   देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई  भिटामिन 'ए' र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखाले जनाएको छ। 

कोरोना रोकथाम तथा नियन्‍त्रणका लागि लकडाउन भएपछि गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’  कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो। 

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५३ सालबाट भिटामिट 'ए' खुवाउँदै आइरहेको छ।  

प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख ३ हजार ५ सय २२ बालबालिका सहभागी हुने गर्छन‍्।  १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा ०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो।

 ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.