|
फाइल फोटो

अर्घाखाँची : अर्घाखाँचीमा विभिन्‍न आइसोलेशनबाट  १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए। यससँगै अब अर्घाखाँचीमा ३ सय १२ जना कोरोना संक्रमित छन् भने ५ सय ६५ जना क्वारेन्टाइनमा छन्।

सन्धिखर्क नगरपालिकाको विभिन्न आइसोलेशनमा बसेका २९ जना, शीतगंगा नगरपालिकाको आइसुलेसनमा रहेका ५५ जना, भूमिकास्थान नगरपालिकाको विभिन्न आइसोलेसनबाट १९ जना, मालारानी गाउँपालिकाको विभिन्न आइसोलेसनबाट ३८ जना, छत्रदेव गाउँपालिकामा रहेका आइसोलेसनबाट १ जना र पाणिनी गाँउपालिकाको आइसोलेसनबाट ५ जना गरी १४७ जना डिस्चार्ज भएको पनि खनालले बताए।

त्यस्तै,  सोमबार बिहान करिब १० बजेसम्मको पछिल्लो जानकारीअनुसार अब जिल्लाको भूमिकास्थान नगरपालिकामा ९७ जना, शीतगंगा नगरपालिकामा ६४ जना, सन्धिखर्क नगरपालिकामा ४३ जना, मालारानी गाउँपालिकामा ६७ जना, छत्रदेव गाउँपालिकामा २७ जना, पाणिनी गाउँपालिकामा १४ गरी ३१२ जना संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले बताइन्।

उनका अनुसार सन्धिखर्कमा १४ जना, शीतगंगामा ८ जना, भूमिकास्थानमा ७७ जना, मालारानीमा २८ जना ,छत्रदेबमा २६ जना र पाणिनीमा ९ जना गरी १६२ जना विभिन्न आईसोलेसनमा रहेका छन्।

यसैगरी, भुमिकास्थान नगरपालिकामा १२६१ बेड संख्या रहेको ५८ क्वारेन्टाइन स्थलमा ६९ जना, शीतगंगा नगरपालीकामा ११७७ बेड संख्या रहेको ६३ स्थलमा १०१ जना , छत्रदेवमा ४७० बेड संख्या रहेको २३ स्थलमा ११९ जना ,मालारानीमा ८६७ बेडसंख्या रहेको ३४ स्थलमा ८९ जना र पाणिनीमा ५७३ बेडसंख्या रहेको ४२ स्थलमा ७६ जना क्वारेन्टाइनमा बसेको जिल्ला जनस्वास्थ्य कार्यालयकाका सूचना अधिकारी विजय विकले बताए।

जिल्लामा ३ सय १२ जना कोरोना संक्रमित छन् भने ५ सय ६५ जना क्वारेन्टिनमा छन्। कोरोना संक्रमितका कारण जिल्लामा ३ जनाले ज्यान गुमाई सकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.