एक करोड ३० लाख बढी मूल्यमा अनुबन्धित
एक करोड ३० लाख बढी मूल्यमा अनुबन्धित
काठमाडौं : नेपाल स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा अनुबन्धित भएका छन्। उनलाई यो सिजन जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सोमबार दोस्रो राउन्डमा अनुबन्ध गरेको हो। उनले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर (एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए।
ईएसपीएन क्रिक इन्फो अनुसार सन्दीपसँग जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको हो। त्यसैगरी अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डङ्क पनि त्यही मूल्यमा अनुबन्ध भएका छन्।
यो सिजनको सिपिएल ट्रिनिडाड एन्ड टोबागोमा यही अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ। कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ।
सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो। अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन्।
अघिल्लो सिजन भने राष्ट्रिय टिमबाट खेल्नुपरेपछि उनले सिपिएल बीचमै त्यागेका थिए। सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए।
यो सिजन सन्दीपले जमैका तलावाजमा रहँदा विश्व चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, ग्लेन फिलिप्स, कार्लोस ब्रेथ्वेट, ओशाने थोमससहितका खेलाडीसँग खेल्नेछन्। सन्दीप विश्वका विभिन्न क्लबस्तरीय दर्जनभन्दा धेरै क्रिकेट प्रतियोगितामा खेल्ने एक्ला खेलाडी हुन्।
After the #CPL20 draft, here are the biggest names on the squads
— ESPNcricinfo (@ESPNcricinfo) July 6, 2020
Can Barbados Tridents defend their title?
Which team has the best chance of challenging them? pic.twitter.com/7QiK6XDdqj
तपाईंको ईमेल गोप्य राखिनेछ ।