|

काठमाडौं : पूर्वसभाम'ख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ। 

माता खिमकुमारी रानाभाटको मंगलबार बिहान ८ः५५ बजे पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका अर्का सुपुत्र तथा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए।  खिमकुमारी लामो समयदेखि अस्वस्थ थिइन्।

१९७७ असोज महिनाको विजयादशमीका दिन जन्मेकी खिमकुमारीले प्रजातन्त्र सेनानी स्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी तथा नेता छोराहरुको आमा भएर लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेकी छिन्। पतिदेखि छोराहरुसमेत पटक–पकट जेल पर्दा उनले नै परिवार सम्हालेकी थिइन्।

उनका तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाटसहित दुई छोरी खिमादेवी रानाभाट र शोभाकुमारी रहेका छन्। 

स्वर्गीय रानाभाटको मंगबार दिउसो २ः३० बजे निवासबाट शवयात्रासहित पोखराको रामघाटमा अत्येष्टि गरिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.