|

काठमाडौं :  सरकारले आरडीटी परिक्षण रोक्ने भएको छ। पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका 'इनफ इज इनफ' ग्रुपसँग सहमति गर्दै सरकारले आरडिटी परीक्षण रोक्ने भएको हो।

स्वाथ्य तथा जनसंख्या मन्त्रालय र अनसनरत युवाबीच भएको १२ बुँदे सहमतिमा कोभिड १९ को परिक्षणका लागि आरडिटी परिक्षण स्थगित गर्ने उल्लेख छ।

सहमतिसँगै १२ दिनदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अनसन बसेका दुइ युवा ईशान अधिकारी र पुकार बमले अनसन तोडेका छन्। युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ।

जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्ता दिन भित्र परिमार्जन गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.