|

 काठमाडौं :  भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ। 

आगामी तिहारसम्म खुला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पोखरीको पिँधमा कालो माटो र इँटा ओच्छ्याउने काम सकिएको छ। पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ। 

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो।  पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याइएको छ। २०७७ वैशाख १२ गतेअघि नै काम सक्ने गरी सुरु भए पनि लक डाउनका कारण केही प्रभावित भएको छ।  

पानी रहने पर्खाल र पिँधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ। पुनर्निर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले पुनर्निर्माणको काम सम्पन्न हुने करिब ३ महिना लाग्ने जानकारी दिए।  

पोखरीको काम सकिए पनि धेरै मिहिनेत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनले बताए। उपभोक्ता समितिमार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बाल गोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले जनाए।  

रानीपोखरीको बीचमा रहेको बाल गोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरणको काम अहिले भइरहेको छ।

कस्तो देखिएको छ रानी पोखरी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.