|

बैतडी : जिल्लामा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

संक्रमण पुष्टि हुनेमा सिगास गाउँपालिकाका २३ वर्षीया महिला र पञ्चेश्वर गाउँपालिकाका २० देखि ६८ वर्ष उमेर समूहका १० पुरुष छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई स्थानीय तहको आइसोलेसनमा राखिएको छ। 

योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ९३ पुगेको छ। सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित छन्। यस्तै शिवनाथ गाउँपालिकाका ४८, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७  जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये २ सय ३ जनालाई  डिस्चार्ज गरिसकिएको छ । बाँकी ९० जना मात्रै जिल्लाका विभिन्न आइसोलेसन र क्वारेन्टाइनमा रहेका छन्।  केही कोरोना जितेर डिस्चार्ज भएका हुन् भने अधिकांशलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर फर्काइएको हो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.