म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै म्याग्दीमा कोरोना संक्रमित हुनेको संख्या २१ पुगेको छ। त्यसैगरी १० जना निको भएर घर फर्किएका छन्।
जिल्लाको मंगला गाउँपालिका–२ का ३५ वर्षीय पुरुष र बेनी नगरपालिका–१ का ३३ वर्षीय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमित मंगला गाउँपालिका–२ का पुरुष कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए भने बेनी नगरपालिका–१ का पुरुष भारतबाट आएर न्यु वेष्ट प्वाईन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका थिए।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। थप उपचारका लागि बेनी स्थित आइसोलेसनमा भर्ना गरिएको निमित्त प्रमुख लम्सालले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।