|

दार्चुला : दार्चुलाका कोरोना भाइरस संक्रमित सबै घर फर्किएका छन् । संस्थागत आइसोलेसन र क्वारेन्टाइनमा रहेका सबै संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

सरकारी प्रावधानअनुसार १४ दिनको आइसोलेसन वा क्वारेन्टाइन बसाइपछि संक्रमण र लक्षण नदेखिएका सबैलाई घर पठाउन सकिने प्रावधानअनुसार सबैलाई घर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख जयराज भट्टलेले बताए। दार्चलाका २० जनामा संक्रमण देखिएको थियो।

संक्रमितमध्ये सबैभन्दा बढी शैल्यशिखर नगरपालिकाका १५ जना थिए। महाकाली नगरपालिकामा दुई, लेकम गाउँपालिकामा दुई र दुहुँ गाउँपालिकामा एकजनामा संक्रमण पुष्टि भएको थियो।

दार्चुलका एक हजार १८१ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। जसमध्ये ९८४ जनाको रिपोर्ट आएको छ। १९७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.