|

बर्दिया : बर्दियाका सीमावर्ती क्षेत्रहरुमा तस्करहरुको सक्रियता बढ्न थालेको छ। मुलुकमा कोरोना भाइरसको महामारी सुरु भएलगत्तै नेपाल–भारत सीमाको मुख्य नाकाबाहेक अन्य सबै नाकाहरू बन्द गरिए पनि सीमावर्ती क्षेत्रमा तस्करहरु सक्रिय हुन थालेका छन्।

सीमामा तस्करहरुको सक्रियता बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी निगरानी बढाइएको छ। सीमामा प्रहरीको निगरानी उच्च पारिएपछि भारतबाट तस्करी गरि ल्याइएका सामान धमाधम बरामद हुन थालेका छन्।

सीमावर्ती क्षेत्रमा तस्करहरुको सक्रियता बढेको भए पनि तस्करी गरी ल्याइएका अवैध सामान भित्र्याउन नपाएको प्रहरीले दाबी गरेको छ। सिमामा प्रहरीले निगरानी बढाएपछि तस्करहरु बाटोमै सामान बेवारिसे फालेर भाग्ने गरेको प्रहरीको भनाइ छ। बेवारिसे अवस्थामा रहेका सामान प्रहरीले बरामद गरेको बताएको छ। 

सामान बरामद गर्दै प्रहरी

प्रहरीले जेठको अन्तिम साता नेपालको भन्सार छलेर चोरीनिकासी गरी भारततर्फ लैजानका लागि लुकाईछिपाइ राखेको अन्दाजी २८ हजार बराबर सुर्तीजन्य पदार्थ गुलरिया नगरपालिका– ११ बाट प्रहरीले बरामद गर्‍यो।

त्यसैगरी असार ८ गते सडक बाटोमा तस्करी गरि ल्याएर राखेको करिब ५५ क्यू फिट सालको गोलिया मधुवन नगरपालिकाको भारतीय सीमावर्ती गाउँ गंगाबस्तीबाट प्रहरी बरामद गर्‍यो।

सीमावर्ती क्षेत्रमा तस्करी बढ्दै गएपछि प्रहरीले सुरक्षा निगरानी पनि बढाउँदै लगेको छ। जसका कारण तस्करी गरेर सीमा क्षेत्रमा ल्याइएका सामानहरु प्रहरीले बरामद गरिरहेको छ।प्रहरीले सीमामा निगरानी बढाएपछि जेठ १८ गते गुलरिया नगरपालिका–१० कालाबञ्जरमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएको करिव १८ हजार मूल्य बराबरको सुर्तीजन्य सामान प्रहरीले बरामद गर्‍यो।     

सीमा नाकामा प्रहरीको उच्च निगरानी रहेकाले तस्करी गरी ल्याइएका र लैजाँदै गरेका सामान धमाधम बरामद हुने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.