|

बाँके/ काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिकासहित अन्य दुई स्थानीय निकाय कोरोनामुक्त भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका कोरोनामुक्त भएका हुन्।

अहिले पनि जिल्लाका केही क्वारेन्टाइनमा मानिस बसिरहेको र तिनीहरु सबैको अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए। उनका अनुसार परीक्षणको क्रम जारी छ। रिपोर्टमा पोजेटिभ वा नेगेटिभ आउँछ भन्ने मात्र हो।

नेपालगञ्जमा पहिलोपटक कोरोना देखिए पनि भारतबाट आउने मानिसको संख्या बढेपछि नरैनापुर कोरोनाको हटस्पट बनेको थियो। डुडुवा गाउँपालिकामा २७ जना कोरोना संक्रमित देखिएको थियो।

बाँकेका तीनवटै स्थानीय निकाय कोरोनामुक्त रहेको श्रेष्ठले बताए। उनले अन्य पाँच स्थानीय निकायमा केही संख्यामा कोरोना संक्रमित रहेको बताए। आज बिहान मात्र ९ जना संक्रमित उपचारपछि घर फर्किएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.