|

बैतडी : पेन्सन बुझ्‍न भारत पुगेका बैतडीका एकजना पूर्व भारतीय गोरखा सैनिकको बुधवार उतै मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-८ त्रिपुराका ८३ वर्षीय धन सिंह रावल रहेका छन्। 

पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला ढलेका रावलको मृत्यु भएको हो।  

लाइनमै बसेका बेला एक्कासी ढलेका रावलको उपचारको लागि ल्याइँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।  उनले भने, ‘मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ।’ 

रावलको कोरोना परिक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन पनि नगरिने प्रहरी नायव उपरिक्षक  अधिकारीको भनाई छ। मृतकको शव परिवारको जिम्मा लगाइएको छ। 

बुधबार नेपाल–भारत दुबै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएपछि रावलसहित भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट पुगेका थिए।  
सीमा नाका बुधबारदेखि शुक्रबारसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.