|

बैतडी : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार बैतडी सदरमुकाममा र्‍याली निकालिएको छ । स्वतन्त्र यूवा विद्यार्थी समाजको आयोजनामा प्रधानमन्त्री ओलीका पक्षमा र्‍याली निकालिएको हो। 

र्‍यालीमा ‘आज हैन भोलिलाई, ५ वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो । केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई बन्द गरी पाँच वर्षका लागि ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने नाराहरु र्‍यालीमा लगाइएको थियो। 

जिल्ला प्रशासन कार्यालयदेखि सुरु भएको र्‍याली गोठलापानीमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई स्वतन्त्र युवा विद्यार्थी समाजका अध्यक्ष यज्ञराज भट्टले सम्बोधन गरेको नेकपाका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए । आफूहरु स्थिर सरकारको पक्षमा रहेकाले सहभागी भएको उनको भनाइ छ। 

नेकपाको एकतालाई मजबुत बनाई वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै देशभर बैतडीमा जस्तै र्‍याली निकालिएको बताइएको छ। नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टीभित्रै केही दिनदेखि विवाद चर्किएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.