|

पर्सा : पर्सामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको छ। वीरगन्ज हुने प्रदर्शनहरूमा छेवैमा रहेको भारतीय महावाणिज्य दूतावासको पनि प्रायः केही संकेत हुने गर्दथ्यो। 

तर बुधबारको र्‍यालीमा त्यस्तो कुनै छनक देखिएन। वीरगन्जको विपी उद्यानबाट सुरु भएको मोटरसाइकल र्‍याली घण्टाघर, माइस्थान, आदर्श नगर, मकालु होटल चोक, घडिअर्वा हुँदै वीरगन्ज बजार परिक्रमा पछि पुनः घण्टाघर चौकमा पुगेर कोण सभामा परिणत भएको हो।

र्‍यालीमा सहभागी युवाहरुले नेपालको पूर्ण आकारको नक्सा अंकित ब्यानर सहित नेपालको झण्डा बोकेका थिए। उनीहरुले बोकेको ओलीको फोटो सहितको ब्यानरमा ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको थियो। 

प्रदर्शन गर्दै मोटरसाइकल र्‍यालीमा सहभागी युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’ आज र भोलि केपी ओली, ‘पार्टी एकता जिन्दावाद’ विदेशी हस्तक्षेप चाहिँदैन कसैको उक्साहटमा चलखेल बन्द गर जस्ता नारा लगाएका थिए। 

र्‍याली स्वतन्त्र युवा समाजको अगुवाइमा भएको हो। नेकपाका पर्सा अध्यक्ष प्रभु हजारा र संविधान सभा सदस्य राजकुमार गुप्ता लगायतका केही नेकपाका नेताहरु भने उनीहरुले गर्ने र्‍यालीमा भन्दा बढी मानिसको सहभागिता देखेर छक्क परेका थिए। उनीहरुले माइस्थान चोकबाट र्‍यालीको अवलोकन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.