|

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इस्पानियोललाई पराजित गरेको छ। 

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले इस्पानियोललाई १–० गोलले पराजित गरेसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको छ।  लिगमा रियलको ७७ अंक र बार्सिलोनाको ७६ अंक छ। पराजित एस्पानियोल भने २४ अंकसहित तालिकाको अन्तिम स्थानमा छ। 

बार्सिलोनाको जितमा खेलको ५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो। त्यसअघि खेलको ५० औँ मिनेटमा अन्सु फाटीले रातो कार्ड खाँदै मैदान छोडेका थिए। त्यसको ३ मिनेटमै एस्पानियोलका पोल लोजानो पनि रातो कार्ड खाएर मैदान बाहिरएपछि दुबै टोली १० जनामा सिमित भए। 

ला लिगा अन्तर्गत गएरातिका अन्य खेलमा भिल्लारियलले गेटाफेविरुद्ध ३–१ गोलको जित निकालेको छ भने रियल बेटिसले ओसासुनालाई ३–० गोलले पराजित गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.